सरकारले अनुमान गरेको भन्दा आर्थिक वृद्धिदर चार प्रतिशत कम हुने विश्व बैंकको अनुमान
वीरगन्ज, २५ जेठ। आगामी आर्थिक बर्षको वृद्धिदरको अनुमान नेपाल सरकारले गरेको अनुमानभन्दा करिब झण्डै चार प्रतिशत कम हुने विश्व बैंकले अनुमान गरेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०७९/०८० को बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने उल्लेख छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको मध्यकालीन खर्च संरचनामा भने ७.६ प्रतिशत आर्थिक वृद्धिदर रहने सार्वजनिक गरेको छ । तर, विश्व बैकले आगामी आर्थिक वर्ष २०७९र८० को नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ ।
विश्व बैकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरुबारेको प्रतिवेदनमा सनु २०२२/०२३ अर्थात आगामी वर्षको यस्तो अनुमान सार्वजनिक गरेको हो । यसैगरी विश्व बैकले आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ तर आयोगले भने ८ प्रतिशत हुने अनुमान सार्वजनिक गरिसकेको छ ।