प्रहरीकै अगाडि पड्काएको पटकाले लागेर एकजना घाईते, प्रहरी बन्यो मुकदर्शक
वीरगन्ज, ४ मंसिर । पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले चाडपर्वका बेला पटाका र आतिशबाजी नगर्न आग्रह गर्नुभएको थियो । प्रहरीको आग्रहलाई अटेर गरे कारवाही गर्ने चेतावनी पनि दिनुभएको थियो । तर, प्रहरीको आग्रह र चेतावनीलाई नै चुनौती दिदै प्रहरीकै अगाडि पड्काएको पटाकाले लागेर मान्छे घाईते भएपनि प्रहरी भने मुकदर्शक बनेको छ ।
छठ पर्वको समापनका दिन पड्काएको पटकाले लागेर एकजना घाईते भएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ वीरगन्ज भन्सार क्षेत्रको इनर्वामा रहेको छठघाटमा पड्काएको पटकाले नारायणी एफ.एम.का बिजुली मिस्त्री राजेन्द्र पण्डित घाईते हुनुभएको हो । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिन मोटरसाईकलमा छठघाटतर्फ गइरहेको समयमा छठघाटमा आएका युवाहरुले पड्काएको पटका आँखामा परेर घाईते हुनुभएको हो ।
पटकाले पण्डितको आँखाको बाहिरी भागमा चोट लाग्नुका साथै जलेको छ । पटका पड्किएर घाइते भएका उहाँलाई उपचारका लागि लिएर आउदै गरेका छठ पूजा व्यावस्थापन समितिका सदस्यले अस्पताल सम्म नपु¥याई रजत जयन्ति चोकसम्म छोडेर भागेको उहाँले बताउनुभयो । घटनाको समयमा छठ घाटमा प्रहरीले देखेपनि पटका पड्काउने व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको गुनासो गर्नुभयो ।
यस विषयमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कार बोगटीसँग सम्पर्क गर्दा उहाँले घटनाको विषयमा जानकारी नभएको भन्दै घाईतेलाई फोन गर्न लगाउनु भन्ने प्रतिक्रिया दिनुभयो । पर्सामा प्रहरीको सुरक्षा व्यावस्थाको बारेमा बेला केलामा प्रश्नहरु उठ्ने गरेको छ ।
कहिले व्यापक तस्करीको लाईन खोलेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र नागरिकप्रति प्रहरी जिम्मेवार नभएको भन्ने गुनासोहरु नागरिकले गर्दै आएका छन् ।
सोमबार बिहानै भएको घटनामा पनि प्रहरी जिम्मेवार नदेखिएको घाईते राजेन्द्रले गुनासो गर्नुभयो । पटकाले लागेर घाईते भएपछि उहाँलाई छठ पूजा व्यावस्थापन समितिका सदस्यहरुले लिएर आएपनि अस्पतालसम्म नपु¥याएको, प्रहरीले पटका पड्काउने व्यक्तिहरुको पहिचान गरेपनि तत्काल पक्राउ नगरेकोले पनि प्रहरी शान्ति सुरक्षाका लागि सक्रिय नदेखिएको घटनाले स्पष्ट पारेको छ ।
प्रहरीका अधिकृतहरु सामान्य नागरिकको समस्या र गुनासोहरुको बारेमा त्यति धेरै चासो नलिने गरेको गुनासो बढेको छ । उनीहरु तल्लो तहका कर्मचारीहरुलाई जिम्म दिएको र काम भईरहेको छ भन्ने जवाफ दिएर पन्छिने गरेको नागरिको गुनासो छ ।