वीरगन्ज ११ रानीघाट स्थित एडीबीले बनाएको सेफ्टी टंकी भाँसियो

वीरगन्ज ११ रानीघाट स्थित एडीबीले बनाएको सेफ्टी टंकी भाँसियो

वीरगन्ज, १ मंसिर । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित रानीघाटजाने पुलन नजिकै बनाईएको सेफ्टी टंकी भाँसिएको छ । वीरगन्जबासीको घरबाट निस्किने फोहोर नाला मार्फत व्यावस्थापनका लागि एशियाली विकास बैंक (एडीबी) ले बनाएको सेफ्टी टंकी गएराति भाँसिएको वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार बरैले जानकारी दिनुभयो ।

सेफ्टी टंकी भाँसिएपछि रानीघाट पारी आवतजावत गर्ने बाटो समेत अवरुद्ध भएको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा वीरगन्जलाई डुबानमुक्त बनाउन निर्माण गरिएको पूर्वाधारहरुले महानगरवासीलाई भने निरन्तर दुख दिईरहेको छ ।

झण्डै पौने तीन अर्बको लागतमा कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको साना सहर तथा एकीकृत मझौला सहर विकास आयोजना अन्तर्गतको उक्त संरचना भत्किएको हो । छठपर्वकै समयमा संरचना भत्किएको हो । संरचना भाँसिएको विषयमा भने आफूलाई जानकारी नभएको आयोजनाका प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनुभयो ।