गहुँको न्यूनतम समर्थन मूल्य ३१६५ निर्धारण

वीरगन्ज । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बैशाख १३ गते मंगलबार बसेको मन्त्री परिषदको बैठकले गहृँको न्यूनतम समर्थन मूल्य ३१६५ रुपैंया निर्धाराण गर्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलको प्रस्तावमा आर्थिक बर्ष ०७८/७९ को लागि प्रति क्वीण्टल ३१६५ रुपैंया गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने मन्त्री परिषदले निर्णय गरेको हो । किसानले कृषि उत्पादनको बजार भाऊ नपाउँदा निराश हुने गरेका छन् ।
अहिले समर्थन मूल्य निर्धारण गरेपनि बजारमा भने सरकारले तोकेको भन्दा बढी मूल्य किसानले पाएका छन् । अहिले बजारमा ३३०० प्रतिक्वीण्टल सम्म गहृँ विक्री भईरहेको किसानहरुकोे भनाई छ । यसबर्षको उत्पादित गहुँ मैदामिलहरुले खरिद गरिसकेको किसानहरुको भनाई छ ।