बारा क्षेत्र नम्बर २ मा कांग्रेसले गर्यो उम्मेदवारको सिफारिस
वीरगन्ज, १३ चैत । नेपाली कांग्रेस बाराले क्षेत्रमा नम्बर-३ मा संविधानसभा सदस्य राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साेमबार कलैया स्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले बैशाख १० गते हुनेप्रतिनिधि सभाको उपनिर्वाचनमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न बैठकले संविधानसभा सदस्य यादवको एकल नाम सिफारिस गरेको नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहले जानकारी गराउनु भयो ।
जनता समाजवादी पार्टीका राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछी सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि सो क्षेत्रमा चुनाव लडने चर्चा चलिरहेको छ।