मध्यनेपाल सन्देशको सातौ बार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित
वीरगन्ज, १२ भदौ । वीरगन्जबाट प्रकाशित हुँदै आएका साप्तिाहिक पत्रिका मध्य नेपाल सन्देशले सात वर्षको यात्रा पुरा गरेको अवसरमा आज वीरगन्जको होटल क्लासिक वंक्वेटमा वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
बर्षिकोत्सवको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले साप्ताहिक र दैनिक पत्रिका भन्दा पनि डिजिटल पत्रिका आजको आवश्यकता रहेको औल्याउनुभयो ।
अहिले प्राय दैनिक र साप्ताहिक पत्रपत्रिका डिजिटल पत्रिकाका सामाग्रीलाई हुबहु नक्कल गरि छाप्न लागेको देख्दा अनलानईन, डिजिटल पत्रिकाको आवश्यकता रहेको सिंहले बताउनुभयो । मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका भए पनि पाठकवर्गको मन जित्न सफल भएकोमा धन्यावाद व्यक्त गर्नुभयो ।
पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्मा, जसपा पर्साका सचिव तवरेज अहमद लगायतले शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा पत्रकार सुदर्शनराज पाण्डे, सारदा पोखरेललाई सम्मान गरिएको छ । त्यस्तै चित्रकलातर्फ अजमद अलि र साहित्यतर्फ स्व.उमाशंकर द्विवेदीकी पत्नी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।