वीरगन्ज कलेजका ९१.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण 

वीरगन्ज कलेजका ९१.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण 
वीरगन्ज, ३१ साउन । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा वीरगंज कलेजका ९१ दशमलब १८ प्रतिशत वीद्यार्थीहरु उतीर्ण भएका छन् ।
पत्रकारिता समूहका १०० प्रतिशत, कानून समूहका ९६.६७ प्रतिशत र वाणिज्य समूहका ९०.२१ प्रतिशत विद्यार्थीहरु उतीर्ण भएका हुन् । उतीर्ण बिद्यार्थीहरु मध्ये ३ जना ए प्लस जीपीए, २७ जना ए, ५५ जना बी प्लस जीपीए, ७० जना बी जीपीए र बाँकी बिद्यार्थीहरुले सी जीपीए प्राप्त गरेको कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । 
कलेजले आफ्ना विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षाको साथसाथै ब्यवहारिक शिक्षा प्रदान गर्दै आएको कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताले जानकारी दिनुभयो । कलेजले बिद्यार्थीहरुमा उद्यमशिलता विकास गर्नको लागि २ दिने रात्री खाना मेला, ७ दिने डल, कुसन, साबुन, सर्फ, क्लीनर बनाउने तालिम प्रदान गरि सकेको छ भने ८ दिने ब्यमवसायिक लेखा प्रशिक्षण दिन लागेको छ ।

यसको साथसाथै कलेज विभिन्न तालिम, सेमिनार तथा कार्यक्रमहरूको पनि आयोजना गर्ने गरेको छ । कलेजले स्थापनाको १० वर्ष पूरा गरेको उपलक्ष्यमा बिशेष सुबिधाका साथ बीबीएस प्रथम वर्षमा भर्ना खुल्ला गरेको छ । कलेजमा ११ कक्षाको अध्यापन पनि शुरु भईसकेको कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुररले बताउनुभयो ।