मनिष सिंहको अध्यक्षतामा १५ सदस्यीय पर्सा क्रिकेट संघ चयन

मनिष सिंहको अध्यक्षतामा १५ सदस्यीय पर्सा क्रिकेट संघ चयन

वीरगन्ज, ३२ साउन । पर्सा क्रिकेट संघको नयाँ नेतृत्व चयन गरेको छ । बुधबार भएको सातौं साधारणसभाबाट मनिष सिंहको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्यामबाबु गुप्ता लगायत १५ सदस्यीय समिति चयन गरिएको क्रिकेट प्रशिक्षक प्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि साधारणसभाको बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उदघाटन गर्नुभएको थियो ।

उदघाटनमा बोल्दै उहाँले पर्साको क्रिकेट खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिनु भएको छ । वीरगन्जमा आयोजित पर्सा क्रिकेट संघको छैठौंं साधारणसभा तथा जिल्ला अधिवेशनलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै उपमेयर आलमले त्यसका लागि पर्सा क्रिकेट संघलाई आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको बताउनु भएको हो ।

विश्ववभरनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिपेक्ष्यमा वीरगन्जले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नुपर्नेमा उनले जोड दिए । सभामा संघले विगतमा गरेका गतिविधी र क्रिकेट खेलका क्षेत्रमा भएका सुधार लगायतका कार्यक्रमसहितको प्रतिवेदन पेस गरिएको अध्यक्ष दाउद अन्सारीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया, सचिव अनिल चौगाई, केन्द्रिय पर्यवेक्षक माधव कर्मचार्य लगायतको पनि सहभागीता रहेको थियोे ।