भारतीय २००० को नोट साट्ने समय एकहप्ता थप 

भारतीय २००० को नोट साट्ने समय एकहप्ता थप 

वीरगन्ज, १४ असोज । भारतले प्रतिबन्ध लगाएको २००० हजार रुपैंया दरको नोट साट्ने अवधि एक हप्ताका लाथि थप गरेको छ । सरकारले यसअघि २००० को नोट प्रतिबन्ध लगाएपछि भारतीय रिजर्ब बैंकले सेप्टेम्बर महिनासम्ममा सबै नोटहरु सटही गरिसक्न समयसीमा दिएको थियो ।

उक्त समयसीमा शनिबार सकिएपछि फेरी समय थप गरेर अक्टोबर ७ तारिक सम्मका लागि सीमा तोकेको छ । भारतीय रिजर्ब बैंकले सूचना जारी गर्दै २००० रुपैंयाको नोट अक्टोबर ७ तारिकसम्ममा सबै सटही गरिसक्न भनेको छ ।

भारतीय नक्कली नोटहरु बजार ल्याएर भारतको अर्थतन्त्र ध्वस्त पार्न खोजेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि ५०० र १००० हजारका नोट प्रतिबन्ध लगाएर २००० हजारको नोट जारी गरेको थियो ।

मोदीले लिएको नोटबन्दीको निर्णयले जाली नोटको कारोबार गर्ने गिरोहलाई झट्का दिएको थियो । अहिले २००० हजारको नोटहरु बजारका लागि उपयुक्त नभएको भन्दै २००० को नोट प्रतिबन्ध गरेको हो ।