ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन

ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन

ताञ्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षका राष्ट्रपति जोनको हिजो अस्पतालमा निधन भएको त्यहाँका उपराष्ट्रपति सामिया सुलुहु हसनले पुष्टि गर्नु भएको हो । मुटुसम्बन्धी समस्याका कारण मागुफुली पछिल्लो दुई हप्ताभन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिनु भएको थिएन ।

तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गर्नुभएको छ । राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गर्नुभएको हो ।

विपक्षी नेताहरूले उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन । गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताउनु भएको थियो ।