बरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

वीरगन्ज, १२ भाद्र । वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित नेपालीको सोमबार साँझ गृहनगर जनकपुरमा रहेको म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनु भएको हो ।
उहाँ झन्डै १४ महिनादेखि बिरामी हुनुहुन्थ्यो । नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता शुरुआत गर्नुभएको थियो भने विसं २०१५ सालमा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन शुरु गर्नुभएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उहाँको जन्म भएको थियो । नेप ाली पत्रकारिता क्षेत्रमा उहाँको योगदान स्मरणीय रहने छ । उहाँको निधनप्रति पत्रकारहरुले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।