प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ पर्साद्वारा शुभकामना आदान प्रदान 

प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ पर्साद्वारा शुभकामना आदान प्रदान 

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्साले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासङ् पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले अझैपनि पूर्ण रुपमा प्रेस स्वतन्त्र नरहेको बताए । प्रेस स्तन्त्रताको सवालमा सबै सञ्चारकर्मीहरु गम्भीर र संवेदनशील हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्का केन्द्रिय सदस्य केसी लामिछानेले दिनप्रतिदिन प्रेस स्वतन्त्रता उल्लंघनको घटना बढेको बताउदै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत हुनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्का मधेस प्रदेश महासचिव श्याम बन्जाराले अहिलेको समयमा पत्रकार कसैको दास नरहेको,  तर सत्यलाई सत्य भन्न सक्ने गरि काम गर्नु पर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ् पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शत्रुघ्न नेपाल, पर्साका उपाध्यक्ष तुलसी भन्डारी, शिवशंकर साह लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।