राप्रपा पर्साका चारजना पार्टीबाट निष्काशित
वीरगन्ज, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले पार्टीको बिरुद्धमा लागेको भन्दै ४ जनालाई कार्यवाही गरेको छ । जिल्लामा सम्मानातर तदर्थ समिति संचालन गरेको आरोपमा राप्रपाका नेता शम्भु प्रसाद चौरसिया, बिश्वनाथा साह तेली, बाबुलाल शर्मा, पृथ्वी प्रसाद धिमिरे भनिने शम्भु प्रसाद घिमिरेलाई पार्टीबाट निष्काशित गरी कारवाही गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले बुधबार एक विज्ञप्ति जारी गर्दै चारजनाले पार्टीको हित विपरितका गतिविधि गरेर पार्टीलाई कमजोर बनाउने काम गरेको भन्दै उनीहरुलाई कारवाही गरेको जनाएको हो ।
उनीहरुले माघ २९ गते कार्यकर्ता भेला बोलाईएको भनि केहि संचारमाध्यममा आएको खबर पूर्णरुपमा निराधार रहेकोले कुनै किसिमको भेला तथा बैठक सहभागी नहुन नेता कार्यकतालाई जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जारी गरेको प्रेस बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।