नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ । पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका तिन जना उम्मेदवार मध्ये कसैलेपनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वचनको तयारी गरिएको थियो ।
तेस्रो नम्बरमा रहेका रामचन्द्र संघई वरिष्ठ उपाध्यक्ष पदको दौडबाट बाहिरिएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच निर्णायक निर्वाचन हुनुअघि नै सहमति जुटेपछि अञ्जन श्रेष्ठलाई उमेशलालले समर्थन गरेपछि श्रेष्ठलाई बरिष्ठ उपाध्यक्ष सहज भएको हो ।