कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ 
उमेश कुमार कुर्मी

वीरगन्ज, १९ चैत । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतको मिति २०७५ असार २८ गतेको फैसला आदेशले १० महिना ७ दिन कैद लागि फरार रहेका प्रतिवादी जिल्ला बारा कलैया उप महानगरपालिका वडा नं.४ बस्ने २८ बर्षका उमेश कुमार कुर्मीलाई बुधबार पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको सिलसिलमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको हो ।

अदालतमा पेश गरेपछि अदालतले उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाउन आदेश दिएकोले उनलाई वीरगन्ज कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।