वीरगन्जमा विभिन्न संघ संस्थाले मनायो श्रमिक दिवस 

वीरगन्जमा विभिन्न संघ संस्थाले मनायो श्रमिक दिवस 

वीरगन्ज । १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा वीरगन्जमा विभिन्न संघ संस्थाले ¥याली सहित कोणसभाको आयोजना गरेको छ । मे १ तारिक अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आईतबार ट्रेड युनियन कांग्रेसले प्रभातफेरी सहित कोणसभाको आयोजना गरेको छ ।

मेडिकल रिप्रेजेन्टेटिभ एशोसिएसनले पनि मोटरसाईकल -यालीको आयोजना गरेको छ । त्यस्तै औषधी व्यवासायी कर्मचारी संघले पनि मजदुर दिवसमा कोणसभाको आयोजना गरेको छ । नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेसले वीरगन्जको घण्टाघरबाट -याली सहित कोणसभा सम्पन्न गरेको छ ।

घण्टाघरबाट निकालिएको -याली वीरगन्जको माईस्थन चोकमा पुगेर कोणसभाको आयोजना गरी सम्पन्न गरेको छ । कोणसभामा बोल्दै मधेस प्रदेशका खानेपानी तथा उर्जाविकास मन्त्री ओमप्रकाश शर्माले नेपाल सरकारले मजदूरहरुको पसिनाबाट जम्मा भएको सामाजिक सुरक्षा कोष अन्तर्गतको रकम प्रयोग विहिन अवस्थामा राखेको बताउदै त्यसको मजदूरहरुले नै सदुपयोग गर्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले मजदूरहरुले आफ्नो गाँस काटेर भएपनि सुरक्षित भविष्यको लागि जम्मा गरेको सामाजिक सुरक्षा कोषको रकम राज्यले कुनै हिसाब किताबै नगरी जम्मा गरेर राखेको बताउनुभयो । उहाँले त्यसको  लागि आफूले पनि संघ सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष छोटेलाल प्रसादको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी, वीरगन्ज महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख शान्ति कार्की लगायतको उपस्थिति रहेको थियो ।

नेपाल औषधि बिक्री तथा बजार प्रतिनिधि संघ (एनएमएसआरए) ले पनि वीरगञ्जमा मोटरसाइकल र्‍याली निकालेर मजदुर दिवस मनाएको छ । वीरगञ्जको घण्टाघरबाट शुरु भएको मोटरसाइकल र्‍याली बसपार्कबाट नेशनल मेडिकल कलेज, छपकैयाँ हुँदै नारायणी अस्पतालमा पुगेर सम्पन्न भएको थियो ।

 मजदुरको अधिकार सुनिश्चितताका लागि मजदुरहरु एक हुनुपर्ने सन्देश प्रवाह गर्न र्‍याली निकालिएको संघका सदस्य शशिकान्त सर्राफले जानकारी दिनुभयो । संघका अध्यक्ष मनोज साहको नेतृत्वमा निकालिएको मोटरसाइकल र्‍यालीपछि नारायणी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको संघका सदस्य अजय यसाहले बताउनुभयो।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण महतो, कोषाध्यक्ष सुदिप चौरसिया, सहसचिवद्वय मौसम भट्टराई,  सदस्य बिशाल गिरी, सागर गुप्ता, अजित कुश्वाहा, दीपेन्द्र कलवार लगायतको उपस्थिति रहेको थियो ।