गुणस्तरीय सेवा सहित प्रभु सिटी स्क्यान सञ्चालनमा 

गुणस्तरीय सेवा सहित प्रभु सिटी स्क्यान सञ्चालनमा 

वीरगंज ३२ साउन । वीरगन्जमा आजदेखि नयाँ सिटी स्क्यान सेवाको सुभारम्भ भएको छ । वीरगन्जको प्रभु हस्पिटल नजिकै स्थापना गरिएको प्रभु सिटी स्क्यान सेवाको आज वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र ८ का वडा अध्यक्षहरु जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो ।

पानी टंकी जाने ब्यारेक रोड स्थित प्रभु हस्पिटल नजिकै प्रभु सिटी स्क्यान सेवा आजदेखि सञ्चालनमा आएको हो । सेवा शुरु गरेको सिटी स्क्यान सेण्टरमा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध हुने सञ्चालक डाक्टर निरञ्जन साहले बताउनुभयो ।

सिटी स्क्यान सेण्टरमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड सम्पूर्ण सेवा उपलब्ध हुने एमडी रेडियोलोजी डाक्टर डम्बर साहले बताउनुभयो । सिटी स्क्यान सेण्टरमा विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी÷बायोप्सीका लागि समेत सेवा सुविधा उपलब्ध हुने डाक्टर डम्बर साहले बताउनुयो ।

सिटी स्क्यान सेवा सञ्चालनसँगै बारा, पर्सा लगायतका बिरामीहरुलाई भरतपुर, काठमाडौं लगायत भारतका विभिन्न सहरहरुमा जानुपर्ने बाध्यताको पनि अन्त्य भएको डाक्टर साहले बताउनुभयो ।

प्रभु सिटी स्क्यानमा गुणस्तरीय सेवा छिटो र छरितो पाउने डाक्टर साहले बताउनुभयो । सिटी स्क्यान गराउने बिरामीले तुरुन्तै रिपोर्ट पाउने र कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको सञ्चालक द्वय साहको भनाई छ ।

कार्यक्रममा प्रभु हस्पिटलका सञ्चालक डाक्टर मनोज कुमार गुप्ता, लक्ष्मी थापा (गुप्ता) प्रभु लोसपाका नेता नेजामुद्दीन समानी, एमालेका नेता शम्भु गुप्ता, अधिवक्ता शालिकराम प्रसाद लगायतको उपस्थिति रहेको दिलिपराज कार्कीले जानकारी दिनुभयो ।