रुंगटा वेलफेयरको सहयोगमा ग्रिनसिटी सामुदायिक केन्द्रद्वारा कारागारमा सामग्री वितरण 

रुंगटा वेलफेयरको सहयोगमा ग्रिनसिटी सामुदायिक केन्द्रद्वारा कारागारमा सामग्री वितरण 

वीरगञ्ज, ११ कार्तिक । ग्रिनसिटी सामुदायिक केन्दले वीरगन्ज कारागारका महिलाहरुलाई छठ पर्व मनाउनका लागि आवश्यक सामग्री वितरण गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रुँगटा वेल फेयर सोसाइटी बिरगंज पर्सा र  ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको आयोजनामा कारागार सुरक्षा गार्डमा साडी र पिठो वितरण गरेको हो ।

  कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले  रुँगटा वेल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुगटाको तर्फबाट प्राप्त सहयोग कारागारमा हस्तान्तरण गर्नुभयो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा कारागार सुरक्षा गार्ड बिरगंज पर्साका हिरासतमा रहेको महिला बन्दी र थुनुवाहरुलाई हिन्दुहरुको महान पर्व छठको उपलक्ष्यमा ८० थान साठी अन्य ठाउँमा २२० थान गरि जम्मा ३०० थान साडी वितरण गरिएको ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

कारागार सुरक्षा गार्ड वीरगन्ज पर्साका हिरासतमा रहेको महिलाहरुलाई कमल जी झुनझुनवाला मार्फत २५ थान छठमा उपयोग हुने दाउरी, सोफले र डगरा   समेत वितरण गरिएको खेतानले बताउनुभयो ।

कार्यक्रममा प्रजिअ ढकाल सहित जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेल, कारागार कार्यालयका निमित्त प्रमुख नबराज बर्तौला, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, रुँगटा वेल फेयर सोसाइटी बिरगंज पर्साका  अध्यक्ष सुरेश रुंगटा लगायतको उपस्थिति रहेको थियो ।