समस्या बुझ्ने र समाधान दिने नेतालाई जनताले चुनेर पठाउँछन् : प्रदीप यादव

समस्या बुझ्ने र समाधान दिने नेतालाई जनताले चुनेर पठाउँछन् : प्रदीप यादव

वीरगञ्ज, ११ कार्तिक । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका प्रदीप यादवले समस्या बुझ्ने र समाधान गर्ने नेतालाई नै मतदाताले चुन्ने बताउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनको घरदैलो कार्यक्रममा उनले मतदाता सचेत भएकोले अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिने बताउनु भएको हो ।

विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफुले उम्मेदवारी दिएको बताउनुभयो । वीरगञ्जसहित पर्सा जिल्लाका लागि महत्वपूर्ण योजना ल्याएको बताउँदै उहाँले ती योजनाले वीरगञ्जको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने दावी गनुभयो ।

जनताले विकास चाहेको हुँदा विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने यादवको भनाई छ । यादवले जनतालाई प्रलोभनमा पार्ने षडयन्त्र गरिरहेको बताउदै चुनावमा उनीहरुको पर्दाफास गरिदिने ठोकुवा पनि गर्नुभयो ।