कांग्रेस निकट मुस्लिम संघ पर्सामा विवाद

कांग्रेस निकट मुस्लिम संघ पर्सामा विवाद

वीरगन्ज, १७ भदाै । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ पर्सामा विवाद भएको छ । संघकाे जिल्ला अधिवेशनमा विधान विपरीत समिति गर्न खाेजेकाे भन्दै  असन्तुष्ट जाकिर हुसैन पक्षले पत्रकार सम्मेलन गरेर अधिवेशन स्थगित भएको जनाएको छ ।

पार्टीका जिल्ला पदाधिकारी तथा वीरगन्ज महमनगरपालिकाका उपमेयर इम्तियाज आलमले हस्तक्षेप गरि अधिवेशनमा विधान विपरीत समिति गठन गरेकाे भन्दै विराेध जनाएका छन् । 

यसअघि स्थानीय तहकाे निर्वाचनमा कांग्रेस पार्टी छाेडेका हबिव मियाँलाई अध्यक्ष बनाउन खाेजेपछि विवाद भएको हाे । असन्तुष्ट जाकिर हुसैन समूहले मियाँलाई अध्यक्ष बनाउनलाई विधान मिचेर गुण्डागर्दी शैलीमा निर्णय पुस्तिका समेत खाेसेकाे आराेप लगाएका छन् ।