नेकपा माओवादी केन्द्रको बैठक स्थगित
वीरगन्ज, २७ माघ । शुक्रबारका लागि बोलाईएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको पुष ११ गतेदेखि १८ गतेसम्म चलेको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै नेतृत्वको जिम्मेवारी दिएको थियो ।
त्यसपछि पदाधिकारी चयनका लागि भनेर शुक्रबारका लागि बोलाईएको बैठक स्थगित भएको हो । बैठकमा पदाधिकारी चयन गरिने, स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा पनि छलफल हुने बताईएको थियो । तर, अचानक अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको छ ।