गहवामाईको रथयात्राको तयारी अन्तिम चरणमा
वीरगन्ज, २ असार । वीरगंजमा पहिलो पटक निकाल्न लागिएको गहवामाईको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्री गहवामाई रथयात्रा समितिले गहवामाई मन्दिरको ११ औ वार्षिकोत्सबको अवसरमा भब्य रुपमा कार्यक्रमको आयोजना गरेर रथ यात्रा निकाल्न लागेको हो ।
नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने अनुमान गरिएको समितिका महासचिव पप्पु गुप्ताले बताउनुभयो । असार ५ गते मंगलबार बिहान ६ बजे गहवामाई मन्दिरको प्राङ्गबाट रथयात्रा निकाल्ने तयारी भइरहेको समितिका महासचिव गुप्ताले बताउनुभयो ।
कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल गरिएको छ । रथ निर्माणको काम अन्तिम चरणमा रहेको समितिका उपाध्यक्ष देवानन्द प्रसाद कलवारले बताउनुभयो । असार ५ गते मंगलबार निकालिने रथ यात्राको लागी रथ तयारी लगभग सकिएको छ ।
गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आज एकैछिन गुडाएर परीक्षण गरिएको थियो । भोलि र पर्सीमा पूर्णरुपमा रथ तयार भई परिक्षण गरिने समितिका उपाध्यक्ष कलवारले बताउनुभयो ।