वीरगन्जका होटलहरु २४ सैं घण्टा खोल्न पाउनुपर्ने माग
वीरगन्ज, २५ पुष । वीरगन्जका होटलहरु २४ सै घण्टा खुला राख्न पाउनुपर्ने होटल व्यावसायीहरुले माग गरेका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले कोरोना माहामारिको संकटपछि देशको राजधानी लगायत अन्य माहानगर तथा पर्यटकीय स्थलहरुमा सरकारले २४ सै घण्टा होटल ब्यबसाय खोल्न अनुमति दिइसकेको अवस्थामा वीरगन्जमा पनि २४ घण्टा खोल्न पाउनुपर्ने नभए राति १२ बजेसम्म भएपनी खुल्ला गर्न पाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल होटल व्यावसायी महासंघका नवनिर्वाचित सचिव एवं होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको व्यावसायीहरको टोलीले प्रमुख जिल्ला अधिकारि उमेश ढकाललाई ज्ञापनत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी ढकालले व्यावसायीहरुको मागमा सकारात्मक रहेको बताउदै कार्यविधि अनुसार मागको सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाको संयोजकत्वमा गठन गरिएको समितिले गर्ने निर्णय अनुसार र स्थानीय शान्ति सुरक्षाको अवस्था अनुसारको आवश्यक सहयोग र सहकार्य गर्ने प्रमुख जिल्ला अधिकारी ढकालले आश्वासन दिनुभयो ।
प्रजिअ ढकालको आश्वासनपछि होटल तथा पर्यटन व्यावसायीहरु उत्साहित भएका छन् । होटलहरु १२ बजे सम्म खुल्न पाए ब्यबसायीहरुले ठूलो राहत पाउने र त्यसका लागि प्रशासनले केही रिजर्भेशन राख्छ भने ब्यबासायीहरुले त्यसको पूर्ण पालना गर्ने अध्यक्ष हरि पन्तले बताउनुभयो ।
होटल राती १२ बजे सम्म खुले ब्यबसायिले शान्ति सुब्यबस्ता कायम गराउन प्रशासनलाई पूर्ण सहयोग गर्ने क्लार्क रिसोर्टका मेनेजिङ डाइरेक्टर सुनिल खेतानले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा बरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, पुजन होटलका संचालक सुरेन्द्र लाल श्रेष्ठ, क्लार्कका संचालक सुनिल खेतान, महासचिव माधब बस्नेत, सचिब सन्दिप बस्नेत, पुष्प श्रेष्ठ, कुबेर कार्की लागायत ३५ जना होटल ब्यबासायी हरुको सहभागिता थियो ।
व्यावसायीहरुद्वारा पर्साका प्रहरी उपरीक्षक कोमल शाहलाई गरे स्वागत
पर्साका होटल तथा पर्यटन ब्यबसायीहरुले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहलाई स्वागत गरेको छ । एक समारोहबिच भर्खरै पर्सा जिल्लामा सरुवाभइ आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहलाइ स्वागत गरेको हो ।
स्वागत गर्ने क्रममा एसपी शाहसमक्ष् संघका अध्यक्ष हरि पन्तले बिरगंजका होटल ब्यबसायीहरुले जिल्लाको शान्ति सुव्यावस्था कायम गर्न पूर्णरुपमा सघाउने बताउदै होटल ब्यबसायीहरुका समसामयिक समस्याहरु पनि राख्नुभएको थियो ।
प्रहरी उपरीक्षक शाहले पनि होटल ब्यबसायीहरुलाई आफ्नो साथ र सहयोग रहने बताउनु भएको थियो ।