सीमा नाका खोल्ने सरकारको निर्णयले होटल तथा पर्यटन व्यवासायी खुशी

सीमा नाका खोल्ने सरकारको निर्णयले होटल तथा पर्यटन व्यवासायी खुशी

वीरगन्ज, ६ असोज । कोरोना संक्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा भारतीय पर्यटकहरुमा निर्भर रहेको वीरगन्जका होटल तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेपछि सरकारले सीमा नाका खोल्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयको वीरगन्जका होटल तथा पर्यटन व्यावसायीहरुले स्वागत गरेका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा भारतीय पर्यटकहरुमा निर्भर रहेको वीरगन्जका होटल तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै खोलाउन संघले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

अस्ती सोमबार मात्रै प्रधानमन्त्री देउवालाई भेटेर सीमा नाका खोल्नका लागि संघले ध्यानाकर्षृण पत्र बुझाएका थिए । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अनिल रुंगटाको पहलमा होटल तथा पर्यटन व्यवासायी संघ वीरगन्जको टोली प्रधानमन्त्री देउवालाई भेटेर समस्या राख्न काठमाडौं गएका थिए ।

अस्ती सोमबार उनीहरुले सीमाको समस्या सहितको श्रव्यदृश्य र ध्यानाकर्षण पत्र बुझाएपछि हिजो बसेको मन्त्री परिषदको बैठकले सबै सीमा नाका खोल्ने निर्णय गरेको हो । सरकारको निर्णको होटल तथा पर्यटन व्यवसायीहरुले स्वागत गरेका हुन् ।

संघका अध्यक्ष हरि पन्तले सरकारले अत्यन्त जिम्मेवारी पूर्वक आपूmहरुको समस्या बुझेर सीमानाका खुला गर्ने निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । सीमा नाका खुलेसँगै यसक्षेत्रको होटल तथा पर्यटन व्यवसाय चलायमान हुने भएपछि व्यवसायीहरु खुशी भएका छन् ।