जानकी अटोमोबाईल्स एशोसिएसनको दोश्रो साधारणसभाबाट केदार अग्रवालको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन

जानकी अटोमोबाईल्स एशोसिएसनको दोश्रो साधारणसभाबाट केदार अग्रवालको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन

वीरगन्ज, १६ असार । जानकी अटोमोबाईल्स एशोसिएसन अफ नेपाल मधेस प्रदेशको दोश्रो साधारणसभा शनिबार वीरगन्जमा सम्पन्न भएको छ । साधारणसभाले केदार अग्रवालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

वीरगन्जको होटल भिस्वामा सम्पन्न दोश्रो साधारणसभाबाट समितिको प्रथम उपाध्यक्ष राहुल अग्रवाल, दोश्रो उपाध्यक्ष किशोर भट्टराई, सचिव विकास ठाकुर उपसचिव विवेक बेरिवाल, कोषाध्यक्ष संतोष जयसवाल, सहकोषाध्यक्ष दिपेन्द्र खेतानलाई चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा विजय अग्रवाल, मुरारी रौनियार, बिरेन्द्र रौनियार, रवि सिकरिया, राजु गुप्ता, बजरंग यादव, सुशील सिंह र राकेश कुमार गुप्ता रहेका छन् । समितिको सल्लाहाकारहरुमा आनन्द अग्रवाल, संदीप मोहोता, संदीप तुल्स्यान र अभिषेक चौधरीलाई चयन गरिएको नवनिर्वाचित सचिव विकास ठाकुरले जानकारी दिनुभयो ।

यसअघि साधारणसभाको नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालका अध्यक्ष डाक्टर ध्रुव थापाले उदघाटन गर्नुभएको थियो । उदघाटनसत्रमा बोल्दै उहाँले नेपालमा सबैभन्दा बढी राजस्वमा योगदान दिने अटोमोबाईल्स क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउनुभयो । 

अटोमोबाईल्स व्यावसायले नेपालको राजस्व, रोजगारी र वीमा क्षेत्रमा महत्वपूर्ण भूमिका रहेपनि राज्यले भने भूमिकाको मूल्यांकन नगरेको बताउनुभयो ।   अटोमोबाईल्सको चर्को भन्सार दरबन्दी र करका कारणले उपभोत्तामूल्य महंगो हुने भएकोले भन्सार दरबन्दी र कर घटाउन नाडा अटोमोबाईल्स एशोसिएसनले माग गर्दै आएको बताउनुभयो ।

जानकी अटोमोबाईल्स एशोसिएनका अध्यक्ष तेज प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा कार्यालय मधेस प्रदेश पथलैयाका प्रमुख प्रहरी उपरीक्षक संतोष भट्टराई लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक, सहायक निरीक्षक र ट्राफिक जवान गरी तीनजनाई सम्मान गरिएको थियो । सञ्चारकर्मी सूर्यनारायण विकले सहजीकरण गरेको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम नाडाका केन्द्रीय पदाधिकारी, जानकी अटोमोबाईल्सका निवर्तमान कार्यसमिति सदस्य तथा सदस्यरु लगायतको उपस्थिति रहेको थियो ।