वीरगन्जमा काेराेना संक्रमित एक महिलाको मृत्युु
ट्रिब्युन न्युज
वीरगन्ज, ५ बैशाख । वीरगन्जमा एक कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ कि ५१ बर्षीया महिलाको आईतबार दिउँसो १ : ४० मा मृत्युु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
उच्च रक्तचाप सहित स्वास्थ्यमा समस्या देखिएपछि ती महिलालाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार नै पीसीआर परीक्षणल गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई नारायणी अस्पतालमा नै भर्ना गरेर उपचार भइरहेकोमा आइतबार दिउँसो उनको मृत्युु भएको हो ।