आफन्तको मृत्यु संस्कारमा आएकी महिलाको मोटरसाईकलबाट खसेर मृत्यु 

आफन्तको मृत्यु संस्कारमा आएकी महिलाको मोटरसाईकलबाट खसेर मृत्यु 

वीरगन्ज, ११ भदौ । भारतबाट नेपालमा आफन्तको मृत्यु संस्कारमा आएकी एक महिलाको मोटरसाईकलबाट खसेर मृत्यु भएको छ । भारतको भेलाहीबाट नेपालतर्फ बीआर ०५ एएस ०४६८ नम्बरको भारतीय मोटरसाईकलमा आउदै गरेकी भारत पूर्वी चम्पारण बस्ने अन्दाजी ६० बर्षकी महिला सुदामा देवीको मोटरसाईकलबाट लडेर मृत्यु भएको हो । 

भारतबाट नेपालमा आफन्तको मृत्यु संस्कारमा आउदै गरेकी महिला आईतबार साँझ सवा पाँच बजेको समयमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा चोकमा मोटरसाईकलबाट लडेर घाईते भएकी थिईन् ।

घाईते सुदामादेवीलाई उपचारका लागि लैजान एम्बुलेन्स खोज्दा खोज्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मोटरसाईकलमा पछाडी बसेर आएकी सुदामादेवी एक्कासी प्रसौनीभाटा चोकमा आएपछि लडेकी थिईन् ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरी टोलीले घट्नास्थल लासजाँच प्रकृति मुचुल्का लगातयका कानूनी रीत सम्पन्न गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएको थियो ।

पोष्टमार्टमपछि मृतकको शव आफन्तको जिम्मा लगाईएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । मोटरसाईकल र मोटरसाईकल चालक १६ वर्षीया वालिकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।