भत्किएको सडक नगरप्रमुख सरावगीको निर्देशनमा तत्काल मर्मत 

भत्किएको सडक नगरप्रमुख सरावगीको निर्देशनमा तत्काल मर्मत 

वीरगन्ज, ९ असार । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ नेशनल मेडिकल कलेज जाने बाटो भत्किएको सडक वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको निर्देशनमा तत्काल मर्मत गरिएको छ ।

केहिदिन अगाडि लगातारको बर्षाको कारणले सडक भाँसिएर खाल्डो बनेको स्थानमा महानगरपालिकाका नगर प्रमुख सरावगीले तत्काल मर्मत गर्नका लािग पूर्वाधातर महाशाखालाई निर्देशन दिएपछि महाशाखाबाट खटिएका कर्मचारीहरुको सक्रियतामा सडक मर्मत भएको हो ।

सडक मर्मत गरेर पूरानै अवस्थामा ल्याएपछि उक्त सडक भएर आवत जावत गर्ने स्थानीयलाई सहज भएको छ । महानगरपालिकाले सडक मर्मत सम्भारमा अत्यन्तै गम्भीरताका साथ ध्यान दिने गरेको छ । यसअघि वीरगन्जको घण्टाघरदेखि पावरहाउससम्मको सडकको पीच भत्किएर खाल्डाखुल्डी बनेपछि आवतजावतमा समस्या भएपछि तत्काल महानगरपालिकाले बोलवत्र आह्वान गरेर छोटा समयमा नै सडक निर्माण सम्पन्न गरेको थियो ।

उक्त सडक मर्मत सम्भार गरेपछि महानगर प्रमुख सरावगीको महानगरवासीले निकै प्रशंसा गरेका थिए । तोकिएको समयमा नै सडक मर्मत गरेर नगरवासीलाई राहत दिएको भन्दै महानगरवासीले नगर प्रमुखलाई धन्यवाद दिएका थिए । महानगरक्षेत्रमा अझैपनि सडक मर्मत सम्भार गर्नुपर्ने र कतिपय स्थानमा निर्माण नै गर्नुपर्ने रहेकोले ती स्थानहरुमा पनि यथाशक्य मर्मत सम्भार गरिने र निर्माण गर्नुपर्ने सडकका लागि बजेटको समे व्यावस्था गरिने नगर प्रमुख सरावगीले बताउनुभयो ।