महानगर प्रमुख सरावगीद्वारा सडक ढलानको अनुगमन निरीक्षण

महानगर प्रमुख सरावगीद्वारा सडक ढलानको अनुगमन निरीक्षण

वीरगन्ज, १७ असोज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगर स्तरीय बजेटबाट निर्माण भएको भौतिक संरचनाको स्थलगत अनुगमन निरीक्षण गर्नुभएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा नयाँवस्तीमा निर्माणाधिन सडक ढलानको आज स्थलगत अनुगमन निरीक्षण गर्नु भएको हो । सडक ढलानको निरीक्षणसँगै उक्त सडकसंग जोडिएको सहायक सडकलाई पनि निर्माण गर्न निर्देशन दिनुभएको छ ।

अनुगमन निरीक्षणका क्रममा महानगर प्रमुख सरावगीले गुणस्तरीय निर्माणमा स्थानीयको पनि चासो र चिन्ता हुनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाको बजेट खेर जान नदिन नगरवासीको पनि उक्तिकै जिम्मेवारी रहेको बताउदै कही कतै कमसल निर्माण सामग्री प्रयोग र गुणस्तरहिन काम भए खबरदारी गर्नुपर्ने बताउनुभयो ।

ठेकेदार र उपभोत्ता समितिहरुको आर्थिक लाभ लिने स्वार्थका कारणले गुणस्तरहिन काम हुने गरेकोमा त्यसमा स्थानीयवासीको खबरदारी आवश्यक रहेको बताउनुभयो । अनुगमनका क्रममा नयाँवस्तीमा देखिएका अन्य समस्याहरुको बारेमा पनि स्थानीयले नगर प्रमुख सरावगीलाई जानकारी गराएका थिए ।