विभिन्न समय र स्थानबाट बरामद गरेको गाँजा बारा प्रहरीद्वारा नष्ट

वीरगन्ज, ३० भदौ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न समयमा बरामद गरेको गाँजा नष्ट गरेको छ । प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिभिन्न मिति र स्थानबाट बरामद गरेको ४३० किलो प्रतिबन्धित लागू औषध गाँजा शुक्रबार नष्ट गरेको हो ।
प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईहरुले विभिन्न मिति र समयमा बरामद गरिएको प्रतिबन्धित गाँजा सम्पुर्ण कानूनी प्रकृया पूरा गरी जिल्ला प्रहरी कार्यालयको प्राङणमा खाल्डोमा आगो लगाई जलाएर नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।