भन्सार छलिको ८ टन तोरी लोड गरिएको ट्रक सहित चालक पक्राउ
वीरगन्ज, ९ फागुन । सशस्त्र प्रहरीले पर्साको ग्रामीण भेगबाट चार लाख मूल्य बराबरको भन्सार छलिको तोरी लोड गरेको ट्रक सहित चालकलाई पक्राउ गरेको छ ।
भारतबाट जगरनाथपुर गाउँपालिकाको ग्रामीण क्षेत्र हुदै भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याएको आठ टन दाना तोरी लोड गरेको ट्रक सहित चालकलाई पक्राउ गरेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमाण्डमा सशस्त्र प्रहरी बल बिओपी पिडारीगुठी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी छिन्नमस्ता मुख्यालयको स्क्वायड टोली सहितको संयुक्त टोलीले ट्रकमा लोड गरिएको तोरी बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छलि गरि नेपाल भित्र्याईएर ना.४ ख ९२४६ नम्बरको ट्रकमा लोड गरि वीरगंजतर्फ ल्याउँदै गरेको अवस्थामा आइतबार राति ११ बजेको समयमा ट्रक सहित ट्रकका चालक चितवन माड़ी नगरपालिका वडा नम्बर–५ रमाइलो डांडा बस्ने
वर्ष ३१ का दीपक दराईलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो । बरामद तोरीको ४ लाख र ट्रकको ७ लाख गरी ११ लाख अनुमानित मूल्यांकन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।