काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग हुने एमओयु स्वीकृत

काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग हुने एमओयु स्वीकृत

काठमाडौं २ चैत। काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी ९एमओयू० हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रिपरिषदले स्वीकृत गरिसकेकाले भारत सरकारले पनि एमओयू स्वीकृत गरेलगत्तै डीपीआरको सम्झौता हुनेछ ।

स्वीकृत एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, ब्रोडगेज प्रविधिमै यो रेलमार्ग बनाइनेछ ।


सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । काठमाडौं(रक्सौल रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।

तर, भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल(काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएको थियो । नेपालले स्टान्डर्ड गेजमा आधारित भएर डीपीआर गर्न अनुरोध गरेपनि भारत तयार नभएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले बताएको छ । आफूसँग हुँदै नभएको प्रविधिमा डीपीआर गर्न नसकिने भनेपछि ब्रोडगेजमै एमओयू गर्न लागिएको हो ।

मन्त्रिपरिषदबाट स्वीकृति लिएर एमओयूमा हस्ताक्षर भएपछि भारतीय पक्ष अध्ययनका लागि फिल्डमा आउनेछ । भारतीय कम्पनी कोंकण रेल(वे कर्पोरेसन लिमिटेड ९केआरसीएल०ले आफैंले गरेको प्रारम्भिक अध्ययनका आधारमा डीपीआर तयार गर्ने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता महाशाखाका प्रमुख सहसचिव केशवकुमार शर्मा मन्त्रिपरिषदबाट एमओयू पारित भएर आएपछि आपसी सहमतिमा हस्ताक्षरको मिति तय हुने बताउँछन् ।

अनलाईखबरबाट