जम्मू कश्मीरमा आतंकवादी र भारतीय सेनाबीच भिडन्त तीन सेनाको मृत्यु
वीरगन्ज, २० साउन । भारतको जम्मू कश्मीरको कुलगाम जिल्लामा आतंकवादी र भारतीय सेनाबीच भिडन्त हुँदा तीन जवानको मृत्यु भएको छ।
भारतीय पुलिस अधिकारीका अनुसार सुरक्षा बलहरूले आतंकवादीहरूको उपस्थितिको बारेमा सूचना पाएपछि दक्षिण कश्मीरको कुलगाम जिल्लाको हलान जंगल क्षेत्रको उच्च उचाइ क्षेत्रमा घेरा हालेर खोजी अभियान सुरु गरेको थियो।
यस क्रममा सुरक्षा बलले जवाफी कारबाही गरेको थियो । गोली लागेर तीनजना सुरक्षाकर्मी घाइते भएको र तीनको उपचारका क्रममा मृत्यु भएको अधिकारीले बताए । यसअघि प्रहरीले घाइते सैनिकलाई अस्पताल लगिएको जनाएको थियो । आतंककारीहरूले सुरक्षा बलहरूमा गोली हानेपछि खोजी अभियान मुठभेडमा परिणत भएको थियो ।