भारतको कर्नाटकमा कांग्रेसको स्पष्ट बहुमत आउने सम्भावना

भारतको कर्नाटकमा कांग्रेसको स्पष्ट बहुमत आउने सम्भावना

वीरगन्ज, ३० बैशाख । भारतको कर्नाटकमा भएको विधानसभा चुनावबाट भारतीय कांग्रेसको सरकार बन्ने सम्भावना बढेको छ । १० मे अर्थात २७ गते बुबारका दिन सम्पन्न मतदानको जारी मतगणनामा भारतीय कांग्रेस अगाडि रहेको छ ।

जारी मत गणनाको सुरुवाती रुझानमा भारतीय कांग्रेसको स्पष्ट बहुमत आउने देखाएको छ । २२४ सिटको विधानसभामा सुरुवाती रुझानमै भारतीय कांग्रेसले ११७ सिटमा अग्रता हासिल गरेको छ । प्रतिस्पर्धी सत्तारुढ पार्टी भारतीय जनता पार्टी ८२ सिटमा अग्रता रहेको छ ।

भने जेडिएसको २७ र अन्यको ५ सिटमा अग्रता रहेको छ । बिजेपीको कर्नाटकको चुनावी नतिजाले सन् २०२४ मा हुने लोकसभा चुनावलाई समेत प्रभावित गर्ने जनाइएको छ ।