मर्जरका लागि हिमलयन र सिभिल बैंकबीच सम्झदारीपत्रमा हस्ताक्षर हुने 

मर्जरका लागि हिमलयन र सिभिल बैंकबीच सम्झदारीपत्रमा हस्ताक्षर हुने 

वीरगन्ज, २२ असार । बिग मर्जरको योजना अनुसार नेपालका दुई ठूला बैंक हिमालयन र सिभिलबीच मर्जरका लागि बुधबार समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । मर्जर सम्बन्धी समझदारी पत्र एमओयुमा बुधबार हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

हिमालयन बैंकले करिब ४ महिनादेखि सिभिलसंग मर्जरको समन्वय गरिरहेको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकसग डिमर्जर गरेपछि सिभिलसग नेगोशिएसन शुरु गरेको हो । करिब २ बर्ष अघि हिमालयनले इन्भेस्टमेन्ट भन्दा पहिले सिभिल बैंकसग मर्जरको छलफल गरेको थियो ।

दुबै बैंकको मर्जर कमिटीबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो । हिमालयनले ७५ प्रतिशत प्रस्ताव गर्दा पनि सिभिलले कम्तीमा ८५ प्रतिशत भन्दै अडान लिए पछि ८१ प्रतिशतमा कुरा मिलेको हो ।उक्त समयमा सिभिलले ६५ प्रतिशत स्वाप रेसियो डिमाण्ड गरेपछि हिमालयनले मर्जरको नेगोशिएसन  तोडेको थियो ।

तर, मर्जरको प्रक्रिया रद्द गर्दा राष्ट्र बैंकको कार्वाहीमा परेको हिमालयनसग डिमाण्ड उच्च बनाउँदै सिभिलले ९० प्रतिशत स्वाप रेसियो माग्दै नेगोशिएसन गरिएको थियो ।