सिडी रेसियो ९०% माथि हुने बैंकलाई राष्ट्रबैंकले कारवाही गर्ने

सिडी रेसियो ९०%  माथि हुने बैंकलाई राष्ट्रबैंकले कारवाही गर्ने

वीरगन्ज, ३ असार । सिडी रेसियो (कर्जा–निक्षेप अनुपात) को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले पत्राचार गरेको छ । सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै राष्ट्र बैंकले जवाफ माग गरेको हो ।

देशको २७ वाणिज्य बैंकहरु मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको राष्ट्र बैंकको भनाई छ । त्यसमध्य २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई राष्ट्र बैंकले असार मसान्तपछि कारवाही गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले हालै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर सिडी रेसियो ९० प्रतिशतभन्दामाथि कटाउने बैंकलाई असार मसान्तको समय सीमा स्मरण गराएको थियो । सीइओहरुलाई सिडी रेसियोको व्यवस्था परिवर्तन नहुने र असारभित्र सीमा ल्याउनुपर्ने राष्ट्र बैंकले भनेको थियो ।