चार व्यावसायिक क्षेत्रलाई विदेशबाट ऋण लिन बाटो खुला
वीरगन्ज, १० मंसिर । चार व्यावसायिक क्षेत्रलाई विदेशबाट ऋण लिन नेपाल राष्ट्र बैंकले बाटो खुला गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीलाई विदेशबाट ऋण लिने वातावरण खुल्ला गरेको हो।
विदेशबाट संस्थागत ऋण लिन चाहेमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित कम्पनीलाई मात्रै वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्रबैंकले जनाएको छ ।
कोरोना प्रभावित व्यावसायिक क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ। नेपालमा तरलता अभाव भैरहेको समयमा अर्थात कर्जा माग उच्च भइरहेको समयमा राष्ट्र बैंकले नयाँ बाटो खोलेको छ।