पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको वीरगन्ज प्रदर्शन 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको वीरगन्ज प्रदर्शन 

वीरगन्ज, १० मंसिर । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी )पर्सा जिल्लाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी पर्सा र बिरगंज महानगरले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँसको मुल्यवृद्धि गरेको बिरोध स्वरुप बिहीबार मोटरसाइकल ठेलेर प्रदर्शन गरेका हुन् ।

अखिल क्रान्तिकारी पर्साका अध्यक्ष कविराज पटेलको नेतृत्वमा विद्यार्थीहरुले पेट्रोलको मूल्य महंगो भई हाल्न नसकेर मोटरसाईकल ठेल्नु परेको सांकेतिक विरोध स्वरुप प्रदर्शन गरेको अखिल क्रान्तिकारी पर्साका अध्यक्ष कविराज पटेलले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम, युवा स्वयंसेवक विभाग प्रदेश २ प्रमुख इश्क कुमार, महानगर अध्यक्ष विवेक कुमार साह, जिल्ला सचिव सोयब अलि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।