४९ जना सहसचिवको सरुवा तथा पदस्थापन, वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा पाण्डे आउने
वीरगन्ज, ९ मंसिर । वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा निश्चलराज पाण्डे आउनुहुने भएको छ । महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाको सेवाबाट अवकास लिने समय भएकोले उहाँको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहबाट सरुवा गरेर पाण्डेलाई वीरगन्ज महानगरपालिकाको कार्यालयमा पठाउन लागिएको हो ।
अहिलेका प्रमुख प्रशासकीय अधिकृत निरौलाको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ । उहाँले यहि मंसिर २८ गते सेवाबाट अवकास पाउदै हुनुहुन्छ । अब आउन लाग्नु भएका पाण्डेले यसअघि २०७३ साल चैत २ गते देखि २०७५ साल साउन २६ गते सम्म तत्कालिन जिल्ला विकास समिति पर्साको स्थानीय विकास अधिकारीको रुपमा पनि काम गर्नुभएको थियो । पाण्डे सोमबार महानगरपालिकामा हाजिर हुने स्रोतले जनाएको छ ।
सरुवा तथा पदस्थापनको सूची