एक सय रुपैंया भन्दा ठूलो दरको नोट साथमा राख्न नपाईने 

एक सय रुपैंया भन्दा ठूलो दरको नोट साथमा राख्न नपाईने 

वीरगन्ज, १० असोज । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित लगाएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने जनाएको हो ।

प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको कारोबार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा  अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा त्यो भन्दा कम दरका नोट मात्र) ल्याउन र लैजान सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको सटही सुविधा मनीचेन्जरबाट पनि लिन सक्ने छन् ।

कारोबारका अन्य माध्यम जस्तैः ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानीलगायतमा यो सीमा लागू नहुने पनि राष्ट्र पनि बैंकले जनाएको छ । आज विश्व पर्यटन दिवसकै दिन यो समाचार आएपछि नेपालमा पर्यटन क्षेत्रमा प्रभाव पर्ने देखिन्छ । नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटकहरु नै आउने गरेका छन् । उनीहरुले नेपाल आउँदा भारतीय मुद्रा नै लिएर आउने गरेका छन् ।

भारतले निकालेको दुई हजारको नोट सटही गर्ने समयसीमा सेप्टेम्बर सम्म दिएको छ । भारतले सरकारले २ हजारको नोट साट्न दिएको समयावधि सकिनै लाग्दा नेपाल राष्ट्र बैंककले सूचना जारी गरेको छ ।