भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण

भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण

माघ २० । वीरगञ्जको पिपरामा रहेको नृसिंह मा.विमा भोजपुरी कला संस्कृतिको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल भोपजुरी समाजको आयोजनामा नृसिंह प्राविधिक विद्यालयमा प्रशिक्षणको आयोजना गरेको हो ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिव राजेन्द्र सिंह राजपुतले विद्यार्थीहरुलार्ई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, संचारकर्मी संजय गुप्ता, राज कुमार सर्राफ, त्रिलोकी पटेल लगायतको सहभागीता रहेको थियो ।

मधेशमा बजाईने विभिन्न उछृंखल र दोहोरो अर्थ लाग्ने गीतहरुले समाजमा नाकारात्मक असर परिरहेकोले यसको नियन्त्रणका लागि विद्यालयस्तरबाटै सचेतना अभियान संचालन गरिएको सल्लाहाकार मनोज कुमार मिश्रले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुको जिज्ञासालाई पनि सम्बोधन गरिएको थियो ।

उनीहरुले जानेका सुनेका भोजपुरी लोक संगितको बारेमा पनि चर्चा भएको थियो । समाजले प्रत्येक हप्ताको शुक्रबार रहेका सामुदायिक विद्यालयमा सचेतना अभियान संचालन गर्ने सचिव राजेन्द्र सिंह राजपुतले बताएका छन् ।