वीरगन्ज महानगरपालिका तीन दिन बन्द हुने 

वीरगन्ज महानगरपालिका तीन दिन बन्द हुने 

वीरगन्ज, २९ पुष । वीरगन्ज महानगरपालिकाको कार्यालय अबको तीन दिनसम्म बन्द रहने भएको छ । वीरगन्ज महानगरपालिकाले शुक्रबार कर्मचारीको निधनको शोकमा बिदा दिएको छ ।

महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले आज शोक बिदा दिएको महानगरपालिकाले जनाएको छ । आज महानगरको कार्यालयमा शोक विदा दिइएपनि अतिआवश्यक सेवा बन्द नरहने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताउनुभयो ।

कार्यालय सहयोगी कुर्मीको गएको पुस १६ गते निधन भएको थियो । आज तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।  शनिबार साप्ताहिक विदा र आईतबार माघी पर्वको विदा रहने भएकोेले अब महानगर कार्यालय लगातार तीन दिन बन्द हुने भएको छ ।