वीरगन्जमा मनाईयाे २९ औं आदिवासी दिवस

वीरगन्जमा मनाईयाे २९ औं आदिवासी दिवस

वीरगन्ज, २४ साउन । विश्व आदिवासी दिवस पर्सामा पनि मनाईएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साकाे आयाेजनामा पर्सा म्यानेजमेन्ट कलेजकाे सभाहलमा ओैपचारिक कार्यकम गरि दिवस मानाईएकाे हाे ।

समन्वय परिषदका अध्यक्ष साेम बहादुर लामाकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति महासंघ मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकाेटे मगरले उद्घाटन गर्नुभएको थियाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्न सबै एकजुट हुनुकाे विकल्प नरहेकाे बताएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकाेटे, तामाङ घेदुङ पर्साका सचिव छेडुप लामा, किरात राई यायाेक्खाका जगत राई, नेवा दय दबुका सुनिल जेाशी, मगर संघ पर्साका अध्यक्ष रमेश थापा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २ कि वडा सदस्य संगीता भुजेल, वडा नम्बर ९ कि वडा सदस्य गीता मानन्धर,  कराँतेका राष्ट्रिय प्रशिक्षक गणेश श्रेष्ठ लगायत विभिन्न जातिय संस्थाका प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन समन्वय परिषदका सचि अधिवक्ता अमय दास थारू र स्वागत रामाशिष धानुकले गर्नुभएको थियाे ।