मातृभाषा संरक्षण र सम्वर्द्धनमा राज्य उदासिन : वक्ताहरु
वीरगन्ज । मातृभाषा संरक्षण र सम्वर्द्धनमा राज्य उदासिन रहेको वक्ताहरुले बताएका छन् । रेट्र्याक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको आयोजनामा गरिएको ‘मातृभाषा संरक्षण र प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राज्यले विविध भाषा, संस्कृतिको संरक्षणमा उदासिनता देखाउदा भाषा संस्कृतिको विकास र सम्वर्द्धन हुन नसकेको बताएका हुन् ।
युवाहरुमा पश्चिमी भाषाप्रति अकर्षण, मातृभाषामा हिज्जे र व्याकरणहरु सहज उपलब्ध नहुनुले पनि समस्या भएको बताएका छन् । क्लबका अध्यक्ष आलोक कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाविद बिष्णु प्रसाद सिँजाली मगर, देवेन्द्र मिश्र र सतिश कुमार दत्त प्यानलिस्टको रुपमा आफ्ना धाराणाहरु राख्नुभएको थियो । प्यानलिस्टहरुले सरकारको मातृभाषा विकास प्रतिको उदासिनता र सरकारी नीति विभेदकारी रहेको जिकिर गर्नुभयो ।
मातृभाषामा ब्याकरण, हिज्जे र साहित्यको उपलब्धता हुन सके मातृभाषाको विकास हुन सक्ने सहभागीहरुले बताएका छन् । युवाहरुलाई आफ्नो मातृभाषाप्रति आकार्षित गर्न सके भाषा संरक्षणमा पुस्तान्तरणले ठुलो भूमिका खेल्ने विचार व्यक्त गरेका थिए । क्लबका अध्यक्ष आलोक कर्णले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन क्लबका सर्जेन्ट पल्लव ठाकुरले गर्नुभएको क्लबका सदस्य आनन्द साहले बताउनुभयो ।