फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेला लाग्दै 

फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेला लाग्दै 

वीरगन्ज, ४ फागुन । फागुन १२ र १३ गते वीरगन्जमा रात्री सांस्कृतिक तथा खाना मेला लाग्ने भएको छ ।वीरगंज कलेजले आफ्नो स्थापनाको दसौं वर्षको उपलक्ष्यमा कलेजको आयोजना तथा वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा फाल्गुण १२ गते शुक्रबारदेखि फाल्गुण १३ गते शनिवारसम्म बेलुका ३ः०० बजेदेखि राति १०ः०० बजेसम्म घण्टाघरभन्दा उत्तर तथा आर्मी ब्यारेकभन्दा पश्चिमतर्फ रहेको बी.पी. उद्यान फुटपाथमा मेला लाग्ने भएको हो । 

कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बिहीबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरेर मेला आयोजनाको बारेमा जानकारी दिनुभएको हो । विद्यार्थीहरुमा सिक्दै जाऔ“ कमाउदै जाऔ“को अवधारणा विकास गर्न । वीरगंज महानगरपालिकाको रात्री बजारको अवधारणा साकार पार्न, नेपाल सरकारको क्तबचतगउ को अवधारणालाई साकार पार्न, बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्न मेला आयोजना गर्न लागिएको डाक्टर चौधरीले बताउनुभयो । 

रात्री सांस्कृतिक तथा खाना मेलामा आयोजनाका लागि लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्य प्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरुले सहयोग गरेको उहा“ले बताउनुभयो । मेलामा २५ वटाभन्दा बढी स्टलहरु रहनेछ । स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समूहलाई दिइने र उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरण गर्नेछन् । बिक्रीबाट प्राप्त भएको आय बिद्यार्थीहरुको नै हुने पनि डाक्टर चौधरीले बताउनुभयो । स्टल बापतको बिद्यार्थीहरुसंग कलेजले कुनै शुल्क लिएको छैन । 

मेलालाई मनोरञ्जनपूर्ण बनाउनका लागि प्रख्यात भोजपुरी गायक सुनिल पण्डितको प्रस्तुतीको साथै कलेजकै विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले प्रस्तुती दिनेछन् । विद्यार्थीहरुले सिकेको सीपलाई व्यावहारिक रुपमा लागू गर्न “रात्री सांस्कृतिक तथा खाना मेला” आयोजना गर्न लागिएको जनाएको छ । संघीय, प्रदेश र स्थानीय सरकारले ल्याएका बजारीकरणको परियोजनाहरुमा विद्यार्थीहरुलाई सहभागिता गराई त्यसबाट विद्यार्थी र राज्यपक्ष दुवैलाई फाईदा पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको डाक्टर चौधरीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा कलेजका क्याम्पस प्रमुख विनोद गुप्ता, मेला संयोजक डाक्टर अशोकराज ठाकुर, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, कलेजका कोअर्डिनेटर राजेश्वर प्रसाद चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारी लगायतका पर्साका विभिन्न सञ्चार माध्यममा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।