पर्सा सहित आज देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

वीरगन्ज, १७ कार्तिक । सरकारले आज देशभर बालबालिका लक्षित भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ ।
आज छुटेकालाई भोलि खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कार्तिक ६ र ७ गते तय गरिएको कार्यक्रम यसबर्ष दशैं बर्ष परेकोले आजका लागि सारेको थियो । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले अभिभावकहरूलाई आग्रह गरेको छ । सरकारले हरेक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउदै आएको छ ।
यता पर्सा जिल्लामा झण्डै ६५ हजार बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईदै छ । पर्सा जिल्लामा ७९१ जना स्वाथ्य स्वमसेविका मार्फत आज भिटामिन ए र जुकाको औषधी खुवा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । आज औषधी खान छुटेकाहरुलाई भोलि पनि खुवाईने जिल्ला जनस्वाथ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले बताउनुभयो ।