होटल व्यावसायी महासंघको नयाँ नेतृत्व चयन, वीरगन्जबाट सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित 

होटल व्यावसायी महासंघको नयाँ नेतृत्व चयन, वीरगन्जबाट सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित 

वीरगन्ज, २१ पुष । होटल व्यावसायी महासंघ नेपालको १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा दिनेशलाल चुकेको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।

 समितिमा वीरगन्जका एकजना सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि) केन्द्रीय सचिवमा निर्विरोध निर्वाचिन हुनुभएको छ ।

केन्द्रीय सदस्यमा पूजन होटलका संचालक सुरेन्द्रलाल श्रेष्ठ, रचेन्द्र सिंह थापा, हिरा श्रेष्ठ, सन्दिप बस्नेत, भरत शाह र ज्ञानेन्द्र कुमार ढकाल निर्बाचित भएका छन् ।