विश्वकपमा इग्ल्याण्ड र नेदरल्याण्ड विजयी हुँदा अमेरिका र वेल्स बराबरी
एजेन्सी । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६–२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ । इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे ।
त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।
यसैविच अर्को खेलमा नेदरल्यान्ड्सले सेनेगललाई हराउँदै विजयी सुरुवात गरेको छ । अल थुममा रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले २–० को जित दर्ता गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले १–१ गोल गरे यस जितसँगै नेदरल्यान्ड्सको ३ अंक भएको छ । समूहको अंक तालिकामा डच टोली इक्वेडरसँग गोल र अंक बराबरीमा छ । इक्वेडरले उद्घाटन खेलमा कतारलाई २–० ले हराएको थियो ।