वीउवा संघद्वारा पर्साका प्रमुख जिल्ला अधिकारीसँग अन्तरकृया 

वीउवा संघद्वारा पर्साका प्रमुख जिल्ला अधिकारीसँग अन्तरकृया 

वीरगन्ज, १९ माघ । सरुवा भएर पर्सामा आउनुभएका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीसँग वीरगन्ज उद्योग वाणिज्य संघले छलफल र अन्तरकृया गरेको छ । बिहीबार सङ्घकै बैठक कक्षमा भेटघाट तथा अन्तरक्रियाको आयोजना गरेको हो ।

सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको सभापतित्वमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सहायक प्रजिअ महेशराज तिमिल्सिना,

वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह लगायत पदाधिकारी, कार्यसमिति सदस्य र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।