गाडीको बडी बनाउने कारखानामा रहेका सिलिण्डरहरु बुझाउन ग्याँस उद्धोगको आग्रह

गाडीको बडी बनाउने कारखानामा रहेका सिलिण्डरहरु बुझाउन ग्याँस उद्धोगको आग्रह

वीरगन्ज, १ जेठ । तीब्र रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण अहिले देशभर अक्सिजनको अभाव रहेको छ । अस्पतालहरुमा अक्सिजनको अभावमा कतिले ज्यान गुमाउन बाध्य छन् । वीरगन्जमा पनि विस्तारै अक्सिजन ग्याँसको अभाव सृजना हुने संकेत देखिएको छ । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका तीन वटा अक्सिजन उद्योगहरुले खपत अनुसारको उत्पादनका लागि सिलिण्डरको अभाव हुने संभावना देखिएपछि अहिले गाडी मर्मत गर्ने कारखानाहरुमा रहेका सिलिण्डर जम्मा गर्न अनुरोध गरेको छ ।

वीरगन्जको बाईपास क्षेत्रमा गाडी मर्मत गर्न खोलिएका बडी कारखानाहरुमा रहेका सिलिण्डरहरु एकठाउँमा जम्मा गर्न अनुरोध गरेको हो । वीरगन्जको परवानीपुर स्थित अक्सिजन ग्याँस उत्पादन गर्ने मधु ग्याँस उद्योगले गाडी बनाउने बडी कारखानामा रहेका सबै ग्याँस सिलिण्डरहरु जम्मा गर्न अनुरोध गरेको छ । उद्योगका संचालक रामबाबु रौनियारले उद्योगबाट वीरगन्जको बाईपास स्थित बडी कारखानाहरु ल्याईएका ग्याँस सिलिण्डरहरु प्रतिमा चोकमा रहेको मेघराज जीको कवाडी पसलमा बुझाई दिन अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार अहिले बाईपास क्षेत्रमा खोलिएका गाडीको बडी कारखनामाहरुमा करिब ६०÷७० वटा सिलिण्डर रहेका छन् । ती सबै सिलिण्डरहरु जम्मा गरेर अक्सिजन भर्न पाए यो महामारीमा केही राहत हुने भएकोले सबै बडी काराखानका संचालकहरुलाई सिलिण्डर बुझाईदिन उहँले अनुरोध गर्नुभएको छ ।